अब सेयर कारोबार अनलाइनबाट

आज मंगलबारदेखि नेपालमा सेयर कारोबार अनलाइनबाट हुने भएको छ । योसँगै नेपालीको सेयर बजार अन्तराष्ट्रिय स्तरको भएको छ । अब सेयर कारोबार गर्न ब्रोकरको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता टरेको छ । 

मंगलबार होटेल याक एन्ड यतीमा अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन प्रणालीको उद्घाटन गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबारमा अनलाइन प्रणाली सुरु भएको हो ।

सेयर बजारको पहुँच विस्तारका लागि भन्दै  केही वर्षदेखि नेप्सेमा अनलाइन प्रणालीको चर्चा  भइरहेको थियो । नेप्सेले १ साउनदेखि ब्रोकरलाई अनलाइन प्रणालीमा जोडेर परीक्षण गरिरहेको थियो । तर, आजदेखि भने सम्पूर्ण कारोबार अनलाइनबाट हुने भएको छ । 
 





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १३:२७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया