जबराले तोकेको इजलास बहिष्कार

न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलास आज पनि बहिष्कार गरेका छन् । 

सहमतिविपरीत इजलास तोकेको भन्दै १५ जना न्यायाधीशले इजलास बहिष्कार गरेका हुन् । प्रधानन्यायाधीश जबराले आज ६ वटा इजलास तोकेका छन् । 

ती इजलासमा सातवटा बन्दीप्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ । 

जबराले न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा. कुमार चुडाल, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक- एकवटा बन्दीप्रत्यक्षीकरण मुद्दाको पेसी तोकिएका छन् ।
 
जबरा स्वयं र न्यायाधीश डा. चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका छन्।  उनीमाथि मन्त्रिपरिषद् र संवैधानिक नियुक्तिमा भाग लिएको लगायत आरोप छ ।
 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार ११:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया