गोठमा सुतेका मजदुरको आगलागीमा परी मृत्यु
प्रतिकात्मक तस्वीर

नुवाकोटको ककनी-१ ठूलो खोला पाँचमानेमा एक मजदुरको आगलागीमा परी मृत्यु भएको छ ।

अन्दाजी ६० वर्षीय बाबुराम तिमिल्सिनाको सुतेको बेला गोठमा आज बिहान आगलागी भएपछि जलेर मृत्यु भएको हो । 

उनी कहाँका हुन् भन्ने कुरा खुलेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएअनुसार तिमिल्सिना सुतेको गोठ पहलमान तामाङको हो । 

गोठ जल्दा करिब ३ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल जलेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १२:३२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया