चीनले दियो नेपाली सेनालाई ३ लाख डोज भेरोसेल खोप

चीन सरकारले नेपाली सेनालाई काेराेना विरुद्धकाे तीन लाख डोज खोप दिएको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई उक्त खोप प्रदान गरेको हो । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त खोप हस्तान्तरण गरिन् । 

जनमुक्ति सेनाले खोपसँगै १० वटा भेन्टिलेटर र १०० वटा अक्सिजन कन्सन्ट्रेटर पनि उपलब्ध गराएको छ । चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोगबाट दुई देशबीचको सेनाको सम्बन्ध थप मजबुद हुने नेपाली सेनाले विश्वास लिएको छ । 

यसअघि भारतीय सेना र अमेरिकन आर्मीले समेत नेपाली सेनालाई खोप तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । 

नेपाली सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा अग्रपंक्तिमा रहेर काम गर्दै आएको छ। सेनाले विशेषगरी क्वारेन्टिन व्यवस्थापन, होल्डिङ सेन्टर निर्माण, कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन, विदेशबाट फर्किनेहरूलाई क्वारेन्टिनमा राख्ने लगायतका काम गर्दै आएको छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १४:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया