दुई पार्टी एकताका लागि थापा–राणाबीच भेटवार्ता

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच दुई पार्टी एकताका सन्दर्भमा मंगलबार बिहान महत्वपूर्ण भेटघाट र वार्ता भएको छ । 

देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिई समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीतिअनुसार सो भेटघाट भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी गराएका छन् ।
 
एकताका लागि भएको दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको र एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता जारी रहने जनाइएको छ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १३:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया