राजलाई लिएर ‘राजा’ बनाउँदै सुदर्शन

निर्देशक सुदर्शन थापाले चलचित्र ‘राजा’ बनाउने भएका छन् । लभ स्टोरी चलचित्रमा कहलिएका सुदर्शनले यो चलचित्रबाट आफ्नो जनरा परिवर्तन गर्न खोज्दैछन् । चलचित्र ‘राजा’ एक्सन प्रधान चलचित्र हो । चलचित्रमा राज कटुवाल शीर्ष भूमिकामा देखिने भएका छन् ।

परशुराम बस्नेतले निर्माण गर्ने ‘राजा’मा राजसँग अरू को-काे कलाकारले अभिनय गर्ने भन्ने पक्का भएको छैन । चलचित्रमा अभिनय गर्ने अन्य कलाकार पनि चाँडै फाइनल गर्ने निर्देशक थापाले बताए ।

चलचित्र ‘राजा’ माघबाट फ्लोरमा जाने तयारीमा छ । यसअघि सुदर्शनले ‘म यस्तो गीत गाउँछु’, ‘मेरो एउटा साथी छ’, ‘मधुमास’, ‘प्रेम गीत’ लगायतका लभ स्टोरी फिल्म निर्देशन गरिसकेका छन् । सुदर्शनले पछिल्लो पटक निर्देशन गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’  प्रदर्शनको तयारीमा छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १५:४८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया