बागमती प्रदेश सभामा विश्वासको मत लिँदै मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन् । यसअघि आफ्नो पक्षमा बहुमत पुर्याउन नसकेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन् ।

उनले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमत पुर्याउन सक्ने दलका नेतालाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

तिहारअगाडि नै मुख्यमन्त्री पदको सपथ लिएका पाण्डे नेकपा एकीकृत समाजवादीका नेता हुन् । बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका दलहरुको सहयोगमा उनी मुख्यमन्त्री बनेका हुन् ।

उनलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरुले विश्वासको मत दिँदै छन् । उनले विश्वासको मत पाउने सुनिश्चित भइसकेको छ ।

हेर्नुहोस्, पाण्डेले विश्वासको मत लिँदै गरेको प्रदेश सभाको यो भिडियो– 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १६:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया