बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको भ्रमण सकेर नेपाल आएपछिको यो गठबन्धनको पहिलो बैठक हो । 

आजको बैठकमा राष्ट्रिय सभाको रिक्त पदको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको उपनिर्वाचनको तयारीबारे छलफल अघि बढेको बताइएको छ । 

त्यसबाहोक सर्वोच्च अदालतमा आएको संकट र एमसिसी परियोजनाबारे साझा धारणा बनाउने प्रयासका लागि बैठक डाकिएको हो । गठबन्धनको बैठकपछि दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरेर पछिल्लो राजनीतिक विषयमा धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा दलहरुबीच विभिन्न मत छन् । सकेसम्म यस विषयमा गठबन्धनमा एक मत बनाउने प्रयास हुनेछ । 

एमसिसीका विषयमा पनि गठबन्धन दलबीच एक मत छैन । प्रधानमन्त्री देउवाले विदेश भ्रमणबाट फर्किएपछिको त्रिकार सम्मेलनमा एमसिसीबारे माओवादी अध्यक्ष प्रचण्ड र आफूले पत्र पठाएको दाबी गरेका थिए । 

सो विषयमा पनि आजको बैठकमा छलफल हुने गठबन्धनका एक नेताले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १७:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया