कांग्रेस निर्वाचनका लागि थप १२ जिल्ला निर्वाचन अधिकृत तोकिए

सत्तारुढ नेपाली कांग्रेसको निर्वाचन समितिले कात्तिक २७ गतेदेखि अधिवेशन सुरु हुने थप १२ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । 

कांग्रेसले गठन गरेको निर्वाचन समितिले सप्तरीका लागि रुद्र शर्मा, सिरहाका लागि सञ्जीव लामा, धनुषाका लागि अरुण ज्ञवाली, महोत्तरीका लागि इन्द्र अधिकारी, सर्लाहीका लागि विनोदकुमार कार्कीलाई निर्वाचन अधिकृत तोकेको छ। 

यस्तै, बाराका लागि राजन दाहाल, पर्साका लागि नरेन्द्र केसी, सुर्खेतका लागि मदन रेग्मी, बाँकेका लागि रेवतीरमण भट्टराई, रसुवाका लागि सुमन केसी, डोल्पाका लागि कुमार राजु श्रेष्ठ, कैलालीका लागि एकप्रसाद सुवेदीलाई निर्वाचन अधिकृत तोकिएको छ।  

क्रियाशील सदस्यता टुंग्याउन बाँकी रहेको रौतहटको लागि पनि निर्वाचन समितिले निर्वाचन अधिकृत तोकेको छ। रौतहट जिल्लाका लागि दीपकराज रेग्मीलाई निर्वाचन अधिकृत तोकिएको हो । 

अधिवेशन प्रक्रिया सुरु हुन नसकेका बाँकी १२ जिल्लाको अधिवेशन कात्तिक २७ बाट सुरु हुनेछ।

रौतहटको क्रियाशील सदस्यताको सूची प्रकाशित नभएकाले उक्त जिल्लामा अधिवेशन कार्तिक २७ बाट हुने सम्भावना कम छ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १९:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया