अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

सनफ्रान्सिस्को– अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खातासमेत रहेका छन् । 

अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाले रुसीहरूले फेसबुकमार्फत नक्कली समाचार (फेक न्युज) फैलाएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो । अमेरिकामा मंगलबार मध्यावधि चुनाव हुँदै छ । 

गत साता प्रकाशित एक अध्ययनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको भन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको देखिएको छ । राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ । 

‘आइतबार साँझ, अमेरिकी कानुन कार्यान्वयन निकायले अनलाइन गतिविधिका बारेमा हामीसँग सम्पर्क राखेका थिए । उनीहरुको विचारमा ती खाता विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए,’ फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरले बताए, ‘हामीले तत्कालै ती खाता बन्द गरिदियौ्रँ र हामी अहिले त्यसका बारेमा विस्तृत रूपमा बुझ्ने क्रममा छौँ ।’ 

ग्लेचरको भनाइअनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका क्रियाकलाप शंकास्पद रहेको पहिचान भएको छ । उक्त खाता फ्रान्सेली र रुसीसँग सम्बन्धित रहेको पाइएको छ । 

अमेरिकी मध्यावधि चुनावमा फेसबुकमार्फत हुन सक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ । यो कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १५:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया