पिपिएल : रविइन्दरको विस्फोटक ब्याटिङमा पोखरा च्याम्पियन

पोखरा– पोखरा प्रिमियर लिग (पिपिएल) को ट्रफी पोखरा पल्टनले उचालेको छ । पोखरा रंगशालामा मंगलबार भएको फइनल खेलमा पोखराले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । 

१ सय ६१ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको पोखराले ७ विकेट गुमाएर ४ बल बाकी हुँदा लक्ष्य भेट्टायो । 

पेखरालाई जित दिलाउने क्रममा रविइन्दर सिंहले विस्फोटक ब्याटिङ गरे । उनले ५८ बलमा १३ चौका र ३ छक्काको सहयोगमा ६६ रनको योगदान गरे । यस्तै, एलबिडब्लु धरापमा पर्नुअघि पोखराका कप्तान सरद भेसवाकरले २२ रन जोडे भने मोहमद नाभेदले २५ रनको योगदान गरे । 

चितवनका भुवन कार्कीले २ तथा करण केसी, कप्तान पारस खड्का र सन्नी पटेलले समान १ विकेट लिए । 

यसअघि, चितवनका कप्तान पारस खड्काले अर्धशतक बनाए पनि खेल जिताउन भने सकेनन् । ३७ बलको सामना गरेका उनी ९ चौकासहित ५१ रन जोडेर रनआउट भए । यस्तै, सन्नी पटेलले ४३ तथा ओपनर अनील साहले ३७ रनको योगदान गरे । 



पोखराका कृष्ण कार्कीले चितवनको २ तथा मोहमद नाभेद र ललित राजवंशीले समान १ विकेट लिएका थिए । 


 



  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १५:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया