बाेर्डले दियाे १ अर्ब ८८ करोडको आइपिओ निष्कासन अनुमति

काठमाडौं–  नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८८ करोडको साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । 

पछिल्लो विवरण सार्वजनिक गर्दै बोर्डले तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । 

चालु आवको हालसम्म २५ वटा संगठित संस्थाले साधारण सेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । साधारण सेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० संगठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा छन् भने दुई संस्थालाई थप कागजात पेस गर्न बोर्डले सूचित गरेको छ । 

प्रक्रियामै रहेका चार लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्थाबमोजिम हुनेगरी साधारण सेयर निष्कासन गर्न सूचित गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जनाए । 

बोर्डका अनुसार एक संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधन गर्न लेखेर पठाइएको छ भने सात संगठित संस्थाले बोर्डको राय सुझावबमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेस गरेका छन् ।

त्यसरी प्राप्त जवाफको पुनरावलोकन गरी तीन संस्थालाई राय सुझावबमोजिम विवरणपत्रमा सुधार गरी पुनःपेस गर्न भनिएको बोर्डले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १६:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया