मीनको ‘चिसो वर्ष’ले जित्यो १ करोड ६५ लाखको ‘ताइपेइ फन्ड’

निर्देशक मीनबहादुर भामको चलचित्र ‘चिसो वर्ष’ले फन्ड प्राप्त गरेको छ । उनले बनाउन लागेको यो चलचित्रले १ करोड ६५ लाखको ‘ताइपेइ फन्ड’ जितेको हो । 

ताइवानको ‘ताइपेइ फन्ड’ नेपालको ‘चिसो वर्ष’सँगै नेपाल, अमेरिका, फ्रान्स, मलेसिया र बंगलादेशको चलचित्रले २.५ मिलियन डलर प्राप्त गरेका हुन् ।

भामले बनाउन लागेको ‘चिसो वर्ष’ नेपाल, फ्रान्स, टर्की र नर्वेको संयुक्त लगानीमा निर्माण हुनेछ । ‘ताइपेइ फन्ड’ जित्नु अघि नै ‘चिसो वर्ष’को कथाले विभिन्न फिल्म फेस्टिभलमा फन्ड जितिसकेको छ । 

चलचित्र निर्माणमा सहयोग होस् भन्ने उद्देश्यसहित प्रदान गरिने यो फन्ड ‘ताइपेइ फिल्म कमिसन’बाट प्रदान गरिन्छ । यो फन्ड २५ अक्टोबरमा घोषणा भएको हो । 

भाम चलचित्र ‘चिसो वर्ष’ मार्फत् एक तिब्बती महिलाले श्रीमान् खोज्नका लागि गरेको संघर्ष देखाउने छन् । उनी यही चलचित्रको काममा भाम केही वर्षदेखि व्यस्त रहँदै आएका छन् । 

‘कालो पोथी’ निर्देशक भामको ‘चिसो वर्ष’ २०७४ सालमा नै घोषणा भएको हो । तर, चलचित्रको छायांकन अझैँ सुरु भएको छैन । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १३:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया