काठमाडौं– धितोपत्र बजारमा सेयरको मूल्य मंगलबार पुनः दोहोरो अंकले वृद्धि भएको छ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सुरु भएको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २ सय १८ दशमलव ०७ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २५९ दशमलव १९ बिन्दुमा पुगेको छ । आज कुल १ सय ५५ कम्पनीको आठ लाख २२ हजार २ सय ७ कित्ता सेयर २४ करोड ४५ लाख ७० हजार ५ सय ५२ रुपैयाँ मूल्यमा खरिद–बिक्री भएको हो ।
नेपाल स्टक एक्सचेन्ज अनुसार बैंकिङ १० दशमलव ४८, होटेल ३७ दशमलव ६२, विकास बैंक १३ दशमलव २८, जलविद्युत् ३ दशमलव ०४, वित्त १ दशमलव २५, निर्जीवन बिमा ५७ दशमलव ०२, उत्पादन ०७, अन्य ३ दशमलव १५, माइक्रोफाइनान्स १५ दशमलव ३७ र जीवन बिमा ६५ दशमलव ३३ बिन्दुले बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।