सार्वजनिक यातायातका लागि प्रदेश ३ ले विद्युतीय सवारीमा ३० करोड लगानी गर्ने
आउँदो वैशाखबाटै सञ्चालन गर्ने लक्ष्य

काठमाडौंं– प्रदेश ३ ले दिगो सार्वजनिक यातायात सञ्जाल विस्तार गर्न यसै वर्ष ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । प्रदेशभित्रका १३ जिल्ला र अन्तरप्रदेश सवारी सञ्जाल विस्तार गरेर नागरिक आवागमन सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन आउँदो वैशाखबाटै यातायात सञ्चालनमा ल्याउने तयारी प्रदेशले गरेको छ ।
 
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद् सदस्य कृष्ण राई, प्रदेश सभा सदस्य दीपक निरौला, काठमाडौं महानगरपालिकाका प्रमुखसहित पदाधिकारी र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितबीच बैठक भएको हो ।  

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक निजी साझेदारितामार्फत सार्वजनिक यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बताए । आउँदो वैशाखबाट प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्नेछ । आगामी वैशाखसम्म प्रदेशको स्थायी राजधानी टुंगो लाग्यो भने त्यसैलाई केन्द्रमा राखेर तथा टुंगोे लागेन भने काठमाडौंलाई केन्द्रमा राखेर विद्युतीय बस सञ्चालन गर्ने पौडेलले बताए ।
 
बैठकमा काठमाडौं महानगनर प्रमुख विद्यासुन्दर शाक्यले  काठमाडौंको सवारी व्यवस्थापनका लागि प्रदेश र संघ सरकारसँग मिलेर महानगर लगानी गर्न तत्पर रहेको बताए ।

 





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १७:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया