मोरङ जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएपछि चौकीदारसहित १४ जनालाई अर्को कारागार सरुवा गरिएको छ ।
नाइके र अन्य कैदीबन्दीबीच विवाद भएर झडपको भएपछि चौकीदारसहित १४ जनालाई झापा र सुनसरीको कारागार सरुवा गरिएको हो ।
झडपमा घाइते भएका चौकीदार किरण गुरुङसहित १४ जना नाइके र भाइनाइकेहरूलाई अन्य कारागारमा सरुवा गरिएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।
उनका अनुसार कारागार विभागको निर्देशनमा चौकीदार गुरुङसहित पाँच जनालाई सुनसरीको झुम्का र नौ जनालाई झापा जिल्ला कारागारमा सरुवा गरिएको हो ।
कारागार प्रशासनले चौकीदार गुरुङसहित शेखर राई, सूर्यदीप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बुलाई झुम्का कारागारमा सरुवा गरेको छ । यस्तै, नाइके र भाइ नाइकेहरू एलएक्स नेपाली, रामबहादुर लिम्बू, रोशन दाहाल, डिल्ली देवान, कपिलकुमार साह, विशाल तामाङ्ग, रमेश मण्डल, बबिहाङ राई र राजु राईलाई झापा जिल्ला कारागार पठाएको जेलर पोखरेलले जानकारी दिए ।
चौकीदार गुरुङको सरुवा भएपछि तत्कालका लागि कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको पोखरेलले बताए । कामत ज्यान मार्ने उद्योगमा जेल परेका कैदी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।