लुम्बिनी प्रदेशका मन्त्री र योजना आयोगका पदाधिकारीसँगको भेटमा गृहमन्त्रीले भने : प्रदेश र संघ मिलेरै काम गर्ने हो

लुम्बिनी प्रदेशका मन्त्री, योजना आयोगका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेका छन् । 

भेटमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, आयोगका सदस्य दामोदर भुसाल, सांसद रेखा शर्मासहितको टोली सहभागी थियो । 

टोलीले प्रदेशको बजेट र प्रदेश प्रहरी ऐन, संघीय निजामती सेवा ऐनअनुरुप काम–कारबाही नभएको सन्दर्भमा गृहमन्त्री खाणलाई जानकारी गराएको नेता कनौडियाले जानकारी दिए । 

टोलीको माग सुनेपछि गृहमन्त्री खाणले आफूले टोलीले उठाएका समस्या समाधानका लागि सक्दो पहल गर्ने बताए ।  ‘यहाँहरूले उठाएका समस्या समाधानमा सक्दो पहल हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘प्रदेश र संघ मिलेरै काम गर्ने हो ।’ 

उनले टोलीले उठाएका विषयमा सरकार गम्भीर रहेको पनि बताए । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार २१:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया