वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पैसामा लिप्त भएको आरोप लगाएका छन् । थापाले प्रधानन्यायाधीश पैसामा र आर्थिक विचलनमा लिप्त भएको आरोप लगाउँदै उनले भ्रष्टाचार नरोकेको मात्र नभएर भ्रष्टाचार नै पनि गरेको आरोप लगाएका हुन् ।
मंगलबार काठमाडौंमा कानुन व्यवसायी मन्चले गरेको एक कार्यक्रममा उनले प्रधानन्यायाधीश जबराले कुनै चरित्र नदेखाएको आरोप पनि लगाएका छन् ।
पुनरावलोकन गर्दा पुनरावलोकनमा नै प्रधानन्यायाधीश जबराले बार्गेनिङ गर्ने गरेको पनि उनले बताएका छन् । उनले यसअघि हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको समितिले लगाएका सबै आरोप प्रधानन्यायाधीश जबरामाथि खनिएको पनि बताएका छन् ।
यो कार्यक्रममा थापाले प्रधानन्यायाधीशका धेरै विषयमा प्रश्नहरु भएकाले नयाँ विकल्पको खोजी नै अब अन्तिम विकल्प भएको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।