‘शंखधर साख्वा’ संग्रहालय बनाउँदै सरकार !

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार नेपाल संवत्‌का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको संग्रहालय स्थापना गर्ने तयारीमा रहेको बताएका छन्। 

नेवारी नयाँवर्षका अवसरमा भक्तपुरमा आयोजित नेपाल संवत्‌ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नेपाल संवत्‌का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ठ जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

शंखध्वर साख्वाले गरिब जनताको ऋणमोचन गरेर ऐतिहासिक योगदान दिएको स्मरण गर्दै मन्त्री पण्डितले शंखधर साख्वाको संग्रहालय स्थापनाका लागि स्थानीय नगरपालिकालाई तत्काल जग्गा व्यवस्था गर्न आग्रह गरे। 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाल संवत्‌लाई राष्ट्रिय चाडको रूपमा घोषणा गर्न सरकारसँग माग गरे ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल संवत्‌लाई राष्ट्रिय चाडको मान्यता दिने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताए ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७५ बिहीबार १५:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया