सदावहार उपाधि दाबेदार थ्रीस्टार

शहीद स्मारक ए डिभिजन लिगको चर्चित क्लब हो, थ्रीस्टार । सन् १९७४ (वि.सं २०३१) सालमा स्थापना भएको थीस्टारले तीन पटक ए डिभिजन लिगको उपाधि उचालेको छ । 

थ्रीस्टारले सन् १९९७ देखि ए डिभिजन लिग खेल्न थालेको हो । क्लबले लिगयात्रा डी डिभिजनबाट गरेको हो । 

आफ्नै मैदान नहुँदा प्रशिक्षणमा भने केही समस्या रहेको थ्रीस्टारका म्यानेजर मुकेश नकर्मीले बताए । थ्रीस्टारको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ छन् । 

थ्रीस्टारका खेलाडीले हाल बुद्धी विकास मैदान जावलाखेलमा प्रशिक्षण गरिरहेका छन् । यस क्लबको प्रमुख आर्थिक स्रोत एन्फाले उपलब्ध गराउने रकम र प्रायोजक  रुस्लान तथा क्लबका संस्थापकहरु हुन् । 

थ्रीस्टारले नेपालको राष्ट्रिय टोलीका खेलाडीका साथै ४ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । 

खेलाडीको तलब 



थ्रीस्टारमा आबद्ध खेलाडीको तलब भने खेलाडीअनुसार फरकफरक छ । टोलीमा ३० हजार देखि १ लाख ३० हजारसम्म तलब खाने खेलाडी छन् । बढी तलब लिनेमा विदेशी र नेपालका स्टार खेलाडी छन् । 

ए डिभिजन लिगको यात्रा 



थ्रीस्टार क्लबले सन् १९९७ बाट ए डिभिजन लिग खेल्न थालेको हो ।  थ्रीस्टारले सन् १९९८ मा पहिलो पटक उपाधि जित्यो । सन् १९९९ मा ए डिभिजन लिग नै भएन । सन् २००० मा थ्रीस्टार लिगमा तेस्रो भयो भने २००१ र २००२ मा पुनः लिग रोकियो । सन् २००३ मा थ्रीस्टार पुनः तेस्रो स्थानमा रह्यो । सन् २००४ मा उत्कृष्ठ पुनरागमन गर्दै दोस्रो पटक उपाधि उचाल्न सफल भयो । 

२००५/०६ मनाङ मस्र्याङ्दी क्लबसँग पछि पर्दै दोस्रो स्थानमा रह्यो । पुनः अनेक विवादमा फसेको एन्फाले २००७ देखि २००९ सम्म लिग गराउन सकेन । लिगमा यसरी बिचमा ब्रेक लाग्दा थ्रीस्टारको प्रगतिमा पनि ब्रेक लाग्यो । २०१० मा भएको ए डिभिजन लिगमा टोली पाँचौं स्थानमा रहँदै लिग सकायो ।

सन् २०११ मा उपाधिको नजिकै पुगेर पनि उपाधिबाट बञ्चित भयो । २०११/१२ मा भएको लिगमा तेस्रो स्थानमा रह्यो । सन् २०१२/१३ मा दोस्रो भयो भने २०१३/१४ मा तेस्रोपटक उपाधि चुम्यो । 

सन् २०१५ मा पुनः तेस्रो भयो । २०१६ देखि २०१८ सम्म पुनः लिग हुन सकेन । २०१८/१९ मा भएको लिगमा फेरि तेस्रो भयो भने २०१९/२० मा चौथो स्थानमा रह्यो । 

गत सिजन कोरोना भाइरसका कारण लिग स्थगित भयो । २०२१ मा हुन लागेको लिगमा थ्रीस्टारले आफूलाई कति बलियो साबित गर्छ भन्ने हेर्न बाँकी छ । टोलीका व्यवस्थापक भने यसपटक आफूहरु बलियो बनेर आउने र उपाधिको प्रबल दाबेदार बन्नेमा ढुक्क देखिन्छन् । 

‘उपाधि उचाल्नेमा हामी विश्वस्त छौं । नेपाली स्टार खेलाडी तथा विदेशी खेलाडीको संयोजनबाट टोली बलियो बनाएका छौं’, टोली व्यवस्थापक मुकेश नकर्मीले भने । 

थ्रीस्टारका स्टार खेलाडी 

आयुष घलान

​नोपली टोलीका मिडफिल्डर आयुष घलान यसवर्षको ए डिभिजन लिगका लागि स्टार क्लबसँग आवद्ध भएका छन् । नेपालले पछिल्लो समय खेलेको साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका आयुषलाई थ्रीस्टारले टोलीमा आवद्ध गरेको हो । उनले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेका हुन् । 

विक्रम लामा

थ्रीस्टार क्लबका कप्तान समेत रहेका विक्रम लामा राष्ट्रिय टोलीका खेलाडी हुन् । पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीमा नरहे पनि उनी पुनरागमनको तयारीमा छन् । बढ्दो प्रतिस्पर्धाका कारण टोलीमा स्थान बनाउन नसके पनि उनको खेल भने उत्कृष्ट रहेको छ ।  

सञ्जोक राई

सञ्जोक राई राष्ट्रिय टोलीका सेन्ट्रल मिडफिल्डका खेलाडी हुन् । २२ वर्षीया उनी यू–२३ टोलीका समेत प्रमुख खेलाडी हुन् । उनलाई पनि हाल थ्रीस्टार क्लबले  फरर्वाडका रुपमा टोलीमा अनुबन्ध गरेको छ ।

यो पनि पढ्नुहोस्

‘ए’ डिभिजन लिग : गत संस्करणभन्दा थप उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा जावलाखेल

इतिहास रच्ने दाउमा मनाङ मर्स्याङ्दी

‘ए’ डिभिजन लिग : नयाँ चुनौतीका लागि तयार सातदोबाटो

ए डिभिजन लिग : मछिन्द्रको आँखा उपाधिमा

 

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १२:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया