भारतमा बस र ट्रक ठोक्किदा ११ जनाको मृत्यु

भारतको राजस्थानस्थित जोधपुर राष्ट्रिय राजमार्गमा बस र ट्रक ठोक्किदा ११ जनाको मृत्यु भएको छ । 

ठोक्किदा बस र ट्रक दुवैमा आगो लागेको थियो । ‘बस र ट्रक दुवैमा आगो लाग्दा जलेर ११ जनाको मृत्यु भएको छ,’ बाडमेरका एसपी दीपक भार्गवले बताए । 

दुर्घटनामा घाइते भएका २३ जनाको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको समयमा बसमा ३० जनाभन्दा बढी यात्रु रहेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १५:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया