नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले अध्यक्ष केपी ओलीजस्तो आत्मविश्वास भएको नेता मुलुकमा कोहीपनि नभएको दाबी गरेका छन् ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले माधव नेपालमा नेता हुने आत्मविश्वास नदेखिएको टिप्पणी गरे ।
‘यही पार्टीभित्र वैचारिक लडाईं । त्यसको क्षमतालाई मान्नुपर्यो, आँटलाई मान्नुपर्यो, हिम्मतलाई मान्नुपर्यो, आत्मविश्वासलाई मान्नुपर्यो,’ उनले भने, ‘जतिसुकै मान्छेले टिकाटिप्पणी गरेपनि केपी ओलीमा आत्मविश्वास छ । केपी ओली जतिको आत्मविश्वास भएको नेता कोही छ यो मुलुकमा ? कोही पनि छैन । त्यसकारण नम्बर १ नेता भएको छ । यो पार्टीलाई १ नम्बरको बनाएको छ ।’
माधव नेपाल कामचलाउ नेतामात्र बन्न सकेको उनको भनाई थियो । ‘त्यो खालको आत्मविश्वास माधव कुमार नेपालमा देखिँदैन् । यही पार्टीभित्र वैचारिक लडाईं गरेर १६ वर्षमा अध्यक्ष जितेको छ । कम्तिमा १५ वर्ष लडाईं गरेर अध्यक्ष बन्छु भन्ने माधव नेपालमा देखिएन,’ गुरुङले भने, ‘त्यसकारण उनी नेता होइनन् । दोस्रोपटक मिर्गौला ट्रान्सप्लान्ट गरेको मान्छे कोही छ ?’
अलमलिने मान्छे कहिल्यै नेता बन्न नसक्ने उनको भनाई थियो । सही बाटो चिन्ने क्षमता नेतामा हुनुपर्ने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।