१२२ किलो गाँजासहित मोक्तान पक्राउ

मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मोक्तानलाई प्रहरीले ठूलो परिमाणको गाँजासहित पक्राउ गरेको हो । 

मोक्तानको साथबाट १२२ किलोग्राम गाँजासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ जयसिंहस्ती पूर्व–पश्चिम लोकमार्गबाट उक्त परिमाणको गाँजासहित मोक्तानलाई पक्राउ गरेको उनले बताए। 

पक्राउ परेका मोक्तानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार २०:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया