बागमती प्रदेश सरकार सञ्चालनका लागि कार्यदल गठन भएको छ। नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’को संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन कार्यदल गठन भएको हो।
कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली कांग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली रहेको कार्यदल सदस्य सांसद प्रभात तामाङले जानकारी दिए।
कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति सहकार्य र समझदारी कार्यक्रम कार्यान्वयन गर्नेछ । प्रभावकारी र भ्रष्टाचार शून्य बनाउने उद्देश्यले कार्यदल गठन गरिएको तामाङले जानकारी दिए ।
अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि हाल बागमतीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।