प्रतिबन्ध हटाए मात्र इरानले पेरिस सम्झौतामा हस्ताक्षर गर्ने

इरानका एक वरिष्ठ नेता अली सालेजेगाले उसमाथि लागेका सबै प्रतिबन्ध अमेरिका लगायतका देशले हटाए मात्र पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । 
विकसित देशले प्रतिबन्ध लगाउँदा इरानको विकास रोकिएको उनले जनाएका छन् । 

इरान विश्वको आठौं सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश हो । तर उसले हालसम्म पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गरेको छैन । 

इरानका राष्ट्रपति इब्राहीम राइसी केही दिनअघि स्कटल्याण्डको ग्लासगोमा भएको जलवायु सम्मेलनमा भाग लिन गएका थिएनन् । उनले देशको प्रतिनिधिमण्डल भने सहभागी हुन पठाएका थिए । प्रतिनिधिमण्डलले ग्लासगोमा इरानमाथिको आर्थिक प्रतिबन्ध हटाउन अपील गरेको थियो । 

‘विश्वका अन्य देशमा झै इरानमा पनि जलवायु परिवर्तनको असर परेको छ । देशमा वार्षिक हुने वर्षामा कमि आएको छ  र नदीमा बग्ने पानी ४० प्रतिशतले घटेको छ । यसले कृषि क्षेत्र र उद्योग बढी प्रभावित भएका छन्,’ सालेजेगाले भनेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १२:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया