तरलताको हाहाकार : झण्डै २ खर्बको रिपो, १३ खर्ब बढी एसएलएफ

नेपाल राष्ट्र बैंकले सातौं पटक रिपो जारी गरेको छ । बैंकिङ क्षेत्रमा तरलता अभावले झनै चर्को बनेपछि राष्ट्र बैंकले १४ दिने  बिहीबार २० अर्बको रिपो जारी गरेको हो । 

चालू आर्थिक वर्ष सुरु भएदेखि नै बैकिङ प्रणालीमा तरलताको अभाव देखापरेपछि राष्ट्र बैंकले पटकपटक रिपो जारी गरिरहेको छ । 

यसअघि राष्ट्र बैंकले गत असोज २० गते १४ दिने रिपो जारी गरेको थियो । चालू आर्थिक वर्षमा पहिलो पटक नेपाल राष्ट्र बैंकले भदौं १७ गते २० अर्ब बराबरको ७ दिने रिपो जारी गरेको थियो ।  

त्यसपछि भदौं २४ गते ३० अर्बको १४ दिने, भदौ ३१ गते नै फेरि २० अर्ब बराबरको ७ दिने रिपो जारी भएको थियो । त्यसपछि असोज ७ गते ३० अर्ब बराबरको ७ दिने र असोज १३ गते ३० अर्ब बराबरको ७ दिने नै रिपो जारी गरिएको थियो । 

पछिल्लोपटक बिहीबार जारी गरिएको रिपोसहित गरी १ खर्ब ७० अर्ब रकम राष्ट्र बैंकले बजारमा परिचालन गरेको छ । 

बैंकिङ क्षेत्रमा तरलताको उच्च चाप परेपछि कहिल्यै सापटी नलिने बैंकहरू पनि रिपो र सापटी लिन थालेका छन् । बैंकहरुले चालू आर्थिक वर्ष सुरु भएपछि १३ खर्बभन्दा बढी स्थायी तरलता सुविधा एसएलएफ लिइसकेका छन् । 



एसएलएफ सुविधा लिने क्रम पछिल्ला हप्तामा निकै बढिरहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले यो साताको मंगलबार एकै दिनमा ५१ अर्ब ८२ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । 

चालू आवको भदौ १३ गतेदेखि यो सुविधा लिएका बैंकहरुले पछिल्लो एक महिनामा झण्डै ७ खर्बको एसएलएफ सुविधा लिएका छन् । गत महिना असोजको तेस्रो साताको अन्तिमसम्म बैंकहरुले  ६ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका थिए ।  



तरलताको अभाव चर्किएपछि बैंकहरु धमाधम रिपो तथा एसएफएलको माग बढाउँदा यी दुबैको व्याजदर ५ प्रतिशत पुगेको छ । अहिले अन्तर बैंक ब्याज पनि अन्तिम बिन्दु ५ प्रतिशत पुगिसकेको छ । 
 

  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १४:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया