मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएको छ । 

पेट्रोलियम पदार्थको मूल्य बढाएर पाँच दलीय गठबन्धनले जनतालाई मर्कामा पारेको आरोप लगाउँदै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामासमेत माग गरेका छन्। 

प्रधानमन्त्रीको पुत्ला दहनपछि उक्त प्रदर्शनलाई प्रहरीले हस्ताक्षेप गरेको छ।

नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य तीन रुपैयाँका दरले बढाएको हो। 

यस्तै, हवाइ इन्धन र ग्यासमा पनि मूल्य बढाइएको छ। ग्यासमा एकैपटक ७५ रुपैयाँ बढेको छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १७:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया