देउवापछि पौडेलले बोलाए आफ्नो समूहको बैठक

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन एक महिना बाँकी रहँदा शीर्ष नेताहरु आ–आफ्नो समूहमा छलफलमा जुटेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बालुवाटारमा आफूनिकट नेताहरुसँग आन्तरिक छलफल गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शुक्रबार दिउँसोका लागि आफूनिकट पदाधिकारी र सदस्यको बैठक बोलाएका छन् । 

महाधिवेशनको तयारीका विषयमा छलफल गर्न सभापति एवम् प्रधानमन्त्री देउवाले आगामी आइतबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । त्यसअघि नेताहरु आआफ्नो समूहमा छलफलमा जुटेका हुन् ।

देउवाले तीन महिनापछि केन्द्रीय समितिको बैठक बोलाएका हुन् । यसअघि केन्द्रीय समिति बैठक साउनको अन्तिम साता बसेको थियो । 

बिहीबार दिउँसो देउवाले उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतलगायत आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १९:४०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया