कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार गृहजिल्ला तनहुँ पुगेर नेता पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ मा आयोजित एक कार्यक्रममा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । पार्टीले दिएको सबैखाले जिम्मेवारी आफूले कुशलतापूर्वक पूरा गरेको भन्दै अब महामन्त्रीमा उम्मेदवारी दिन लागेकोको बताए । 

उनले ले देशभरिका नेता तथा कार्यकर्ताबाट सहयोगको अपेक्षा गरेको बताए । पौडेलले यसअघि नै उपयुक्त समयमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने बताएका थिए । यसअघि विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार २१:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया