साहित्यकार सम्मान
कागेश्वरीमा तीन साहित्यकारको सालिक निर्माण हुने

काठमाडौै– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीको अवसर पारेर तीन साहित्यकारको पूर्णकदको सालिक निर्माणका लागि शिलान्यास गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा रहेको कागेश्वरी पुस्तकालयले महाकवि देवकोटा, हास्यव्यंग्यशिरोमणि भैरव अर्याल र आख्यान क्षेत्रका सुपरिचित हस्ताक्षर रमेश विकलको सालिक निर्माण गर्न लागेको हो । सालिक धातुको बनाइने पुस्तकालयले जनाएको छ । 

सालिक शिलान्यास गर्दै सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठ साहित्यकार कञ्चन पुडासैनीलगायत १०१ स्रष्टाले समुदायस्तरबाट वरिष्ठ साहित्यकारको स्मृतिमा सालिक निर्माण थालनी हुनु सिर्जना क्षेत्रप्रतिको सम्मान भएको बताए । कार्यक्रमको शुरुवात बर, पीपल, अम्बा, अमला, कपुरलगायत आठ फिट अग्ला बिरुवामा पानी हाली झण्डोत्तोलनसहित गरिएको थियो । 

सालिक निर्माण गर्न प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । कार्यक्रममा साहित्यकार एवं वरिष्ठ पत्रकार विजय चालिसेले एक लाख रुपैयाँको चेक निर्माण समितिलाई हस्तान्तरण गरे । 

उपस्थित सबै साहित्यकारले एक रुपैयाँको सिक्का दिई सहयोग गरेका थिए । सालिक निर्माण गर्न साहित्यकारकै सहयोग जुटाउने लक्ष्य राखिएको छ । कार्यक्रममा डा. रामप्रसाद उप्रेतीले समितिलाई तामाको फिल्टर हस्तान्तरण गरे । कार्यक्रममा उपस्थित साहित्यकारले आफ्ना रचना पाठ गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७५ आइतबार १७:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया