नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटको केन्द्रीय सदस्यको बैठक सुरु भएको छ । बत्तीसपुतलीस्थित एक होटलमा सुरु भएको बैठकमा उनीनिकट नेता प्रकाशमान सिंह भने उपस्थित छैनन् ।
सिंहले पौडेल पक्षबाट सभापतिमा दाबी गरेका छन् । तर, उनी आजको बैठकमा भने गएका छैनन् ।
पौडेलले आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाको विषयमा छलफल गर्न बैठक बोलाएका थिए । पछिल्लो समय सिंह र नेता पौडेलबीचको सम्बन्ध चिसिएको बताइएको छ ।
सिंहले अधिवेशन मिति नजिकिएसँगै पार्टी सभापति शेरबहादुर देउवासँग आन्तरिक छलफल पनि थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।