कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई मुख्यमन्त्री शाहले स्वागत गरेका छन् ।
नवनियुक्त प्रदेश प्रमुख परियारलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाही र सभामुख राजबहादुर शाही स्वागत गरेका हुन् ।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको हटाएर परियारलाई कर्णाली प्रदेशको प्रमुख नियुक्त गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार पद तथा गोपनीयताको शपथ लिएपछि परियार शुक्रबार पदभार ग्रहण गर्न सुर्खेतमा पुगेका हुन् ।
परियारले आफ्नो कार्यभार पनि सम्हालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।