त्रिभुवन विश्वविद्यालयका चारजना पूर्वउपकुलपतिले सर्वोच्च अदालतमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्।
पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले शनिबार संयुक्त विज्ञप्ति जारी गरी यसबारे सरकार र दलहरूको ध्यानाकर्षण गराएका हुन् ।
‘लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको नेपाल बार एसोसिएसनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासीनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको छ,’ उनीहरूले भनेका छन्, ‘न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ?’
यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो भनदै उनीहरुले न्यायालयप्रतिको जनताको विश्वासमा कमी आउन नदिन पनि तत्काल निकास निकाल्नुपर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।