logo-img

विप्लवले भने– माओवादी केन्द्रसँग एकता हुन्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टी माओवादी केन्द्रसँग एकता हुनसक्ने बताएका छन् ।

धनगढीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरुले एकता गर्नका लागि तयार भएको बताएका हुन् । उनले तर यस्तो एकता पद र पैसाको प्रलोभनका लागि होइन, जनताको पक्षमा पार्टी लाग्दा मात्र सम्भव हुने पनि बताएका छन् ।

उनले यसअघि सरकारले आफूहरुलाई शान्ति प्रक्रियामा ल्याउँदा गरिएका सर्तहरु लागू नभएको आरोप पनि लगाएका छन् ।

तीन बुँदै सहमित भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको भन्दै उनले यसमा आनाकानी भए आफूहरु फेरि विद्रोहमा उत्रिने पनि बताएका छन् ।

उनले यसअघि आफूसँग भएका सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी भएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया