देउसी–भैलोको रकम मिर्गाैलापीडितलाई

दमक- झापा, शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर संकलन गरेको रकम मिर्गाैलापीडित स्थानीयवासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् । 

देउसी–भैलोबाट संकलित ५० हजार ५ सय ६५ रूपैयाँ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो । चिकित्सकले २७ वर्षीया सम्झनाको मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएको उनले जानकारी दिए ।

बिरामीको उपचारमा हालसम्म २२ लाखभन्दा बढी खर्च भइसकेको र थप उपचारमा समस्या भएकाले बुबा भुवनले सबैसँग थप सहयोगका लागि याचना गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७५ साेमबार १०:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया