नेपाली कांग्रेसले प्रदेश अधिवेशनका लागि सातै प्रदेशमा संयोजकहरु तोकेको छ । आइतबार बूढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सात प्रदेशमा अधिवेशनका लागि संयोजकहरु तोकेको हो ।
पदाधिकारी बैठकलगत्तै बूढानिलकण्ठमा कांग्रेसको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले फरकधारलाई दिएको जानकारीअनुसार प्रदेश अधिवेशनका लागि कांग्रेसले प्रदेश १ को जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिने भएको छ ।
त्यस्तै, प्रदेश २ का लागि रमेश रिजाल, बागमती प्रदेशका लागि प्रकाशमान सिंह, गण्डकी प्रदेशका लागि गोपालमान श्रेष्ठ संयोजक तोकिएका छन् ।
गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका लागि जीवनबहादुर शाही संयोजक तोकिएका छन् ।
प्रदेश अधिवेशनका लागि सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।