\
एनएमबी बैंकले भिडियो कलमा आधारित केवाईसी सेवा सुरु गरेको छ ।
बैंकले एक भिडियो कलमा आधारित ५ मिनेटमै देश तथा विदेशमै हरेर खाता खोली कारोबार गर्न सकिने गरी सेवा दिन थालेको हो ।
बैठकका अनुसार एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो भएको बनेको छ ।
ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यो डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरण अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले भनेको छ, ‘एनएमबीले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा गराउनका लागि बैंकसम्म नगइ बैंकिङ्ग गतिविधिहरू सञ्चालन गर्न सक्ने गरी सुविधा ल्याएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।