\
एनएमबी बैंकले अभिनेता पल शाहलाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
बैंकले शाहसँग यससम्बन्धी द्विपक्षीय समझदारी भएको जनाएको हो । बैंकका अनुसार उनीसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्नेछ ।
अभिनेता शाहले पनि बैंकको ब्रान्ड एम्बेसडर हुन पाउँदा खुसी लागेको र बैंकको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
हाल देशभर एनएमबी बैंकका १८१ शाखा रहेका छन् । बैंकले १३७ एटिएम, नौवटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।