प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने सम्बन्धी सूचना आइतबार प्रदेशसभामा दर्ता गराएका छन् ।
प्रदेशसभा नियमावलीअनुसार मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन चाहेको सूचना छलफल हुनुभन्दा दुई दिनअघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ ।
सोहीअनुसार कात्तिक ३० अर्थात् मंगलबार सदनबाट विश्वासको मत लिने तयारीका लागि आज संसद् सचिवालयमा सूचना पठाइएको मुख्यमन्त्रीका स्वकिय सचिव सन्दीप राईले जानकारी दिए ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार गठन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।