नेपाल बार एसोसिएसनले इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेको छ ।
आइतबार सर्वोच्च अदालतका १८ जना न्यायाधीशलाई औपचारिक पत्र पठाउँदै बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेका इजलासमा नबस्न आग्रह गरेको हो ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले २६ गतेकै निर्णयअनुसार पत्र पठाइएको बताए । ‘सबै न्यायाधीशलाई विवादित प्रधानन्यायाधीशको इजलासमा नबस्न, न्यायालय शुद्धीकरणमा साथ दिन अनुरोध गर्दै पत्र पठाएका हौं,’ उनले भने । ‘न्युज कारखाना
न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा माग्दै बार १४ कात्तिकदेखि आन्दोलनमा छ । न्यायाधीशहरू पनि इजलासमा बसेका छैनन । आइतबारदेखि बारले आन्दोलनलाई देशव्यापी बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।