नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका तय गरेको छ । आइतबार कांग्रेस निर्वाचन समितिले तयार पारेको तालिकाअनुसार महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुनेछ ।
२१ गते महाधिवेशन कार्यक्रम अन्तर्गत मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ । २२ गते मतदाता नामावलीमाथि दाबी–विरोध तथा उजुरी र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिनेछ ।
२३ गते उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ भने मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै २५ गते मतदान हुनेछ भने २६ गतेबाट मतगणना गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।