केन्द्रीय कमिटी बैठकमा शेरबहादुर–प्रकाशमान जुहारी

तोकिएको समयभन्दा चार घन्टा ढिलो सुरु भएको आइतबारको कांग्रेस केन्द्रीय कमिटी बैठकमा संस्थापन इतर पक्षले कांग्रेस सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।
पार्टी र सरकारमा पनि उनले राम्रोसँग कार्य सम्पादन नगरेको भन्दै उनको चर्को आलोचना भएको हो ।

बैठकमा १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी सिंहले निकै धेरै आलोचना गरेका थिए । उनले सरकार र देउवाको आलोचना गर्न थालेपछि बीचैमा उनलाई रोक्दै देउवाले जवाफसमेत दिएका थिए ।

आगामि निर्वाचन गठबन्धन मिलेर चुनाव लड्ने भन्ने विषयमा चर्चा बाहिर सुनिएको प्रसंग सिंहले के निकालेका थिए, देउवाले बीचमै रोके । 

देउवाले आफूहरुले चुनावमा सँगै लड्ने कुनै निर्णय नभएको मात्र बताएनन्, यस्तो कुनै सम्झौता वा सहमतिसमेत नभएको बताए । 

देउवाले यो विषयमा अझ लामो बोल्ने थिए होलान्, सिंहले बोल्न रोकिएनन् ।

सिंहले त्यसपछि देउवाले केही दिनअघि गठन गरेको रामचन्द्र पौडेल नेतृत्वको राजनीतिक संयन्त्रको विषयमा बोले । उनले यो संयन्त्र नचाहिएको मात्र बताएनन्, यो कम्युनिस्टको बलमा बनाइएको समेत आरोप लगाए । 



सिंहको यो प्रसंगमा पनि देउवाले जवाफ फर्काए । उनले भने, ‘यो संयन्त्र राष्ट्रिय सभा निर्वाचनसम्मका लागि मात्र हो ।’

कांग्रेस पार्टीभित्र पनि देउवाले समय नदिएको र क्रियाशिल सदस्यता विवाद समाधानमा पनि काम नगरेको आरोप सिंहले के लगाएका थिए, देउवाले यसबारे आफूले काम गरिरहेको बताए ।




  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २१:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया