कांग्रेस सभापति शेरबहादुर देउवाले आगामि निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने बताएका छन् ।
उनले अबको चुनावमा कांग्रेस एक्लै लड्ने बताएका हुन् । अहिलेसम्म चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै छलफल नभएको पनि उनले बताएका छन् ।
आइतबार बूढानीलकण्ठमा भएको बैठकमा देउवाले अहिलेसम्म कुनै राजनीतिक दलसँग कांग्रेसले सहमति नगरेको पनि बताएका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंहले बाहिर गठबन्धन भएर चुनाव लड्ने हल्ला चलेको विषयमा कुरा उठाएपछि देउवाले यस्तो जवाफ दिएका हुन् ।
देउवाले केही दिनअघि बनाएको कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र पनि राष्ट्रिय सभा निर्वाचन सम्मका लागि मात्र भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।