प्राकृतिक उपचारलाई महत्व दिँदै छन् अमेरिकन चिकित्सकहरु

एजेन्सी– अमेरिकाका बाल रोग विशेषज्ञ डा. रोबर्ट जरले प्राय उपचार गर्दा सिसि तथा औषधिका ट्याबलेटस भन्दा प्राकृतिक उपचारलाई बढी प्राथमिकता दिन्छन् । 

उनले बिरामीलाई स्थानीय पार्कमा खुल्ला हावामा समयमा विताउन सुझाव दिँदै आएका छन् । करीब एक घण्टा ब्याडमिन्टन, टेनिस, फुटबल लगायतका खेल खेल्न सल्लाह दिन्छन् । डा. रोबर्ट आफ्नो प्रेस्क्रिप्सनको विषयमा निकै गम्भिर छन् । 

डा. रोबर्टले बगैंचा तथा पार्कहरु मनोरञ्जनको लागि मात्र नभएर आफ्नो स्वास्थ्य सुधार्ने ठाउँ समेत रहेको बताउँछन् । उनले हरेक दिन १० पार्कहरुको नाम प्रेस्क्रिप्सनमा लेख्छन् । उनले २०१७ मा पार्क आरएक्स अमेरिका संस्थाको स्थापना गरी अमेरिकाका अन्य डाक्टरहरुलाई पनि प्रेस्क्रिप्सनमा पार्क लेख्न सहज बनाएका छन् । 

अमेरिकाका डाक्टरहरुले विशेष गरी मोटोपन, मानसिक रोगी, उच्च रक्तचाप, मधुमेह लगायतका रोगीहरुलाई पार्कमा गएर खुल्ला ठाउँमा हावामा बस्न सुझाव दिने गरेका छन् । डा. रोबर्टले चिकित्सा शास्त्रलाई खुल्ला मैदान र पार्कमा लैजाने अभियान नै चलाएका छन् । 

कोही विश्वास गर्दैनन प्रकृतिले नै मानिसको उपचार गर्छ तर चिकित्सकहरु हरियाली स्थानमा समय बिताउँदा शरीर तथा मष्तिस्कलाई फाइदा पुग्ने तथ्यहरु रेखांकित गरिरहेका छन् । इन्टरनेशनल जर्नल अफ इनभाइरनमेन्ट, पब्लिक हेल्थ २०१७ मा प्रकाशित एक रिपोर्टमा बोटविरुवा भएको ठाउँमा घुम्दा तनाव, चिन्ताबाट मुक्ति मिल्ने, रक्तचाप घट्न, मुटुको धड्कन नियन्त्रणमा आउने लेखिएको थियो । यो रिपोर्ट ६४ अध्ययनको विश्लेषणमा आधारित थियो । 

यसकारण डाक्टरले आवश्यक औषधिसँगै घरबाहिर बगैँचामा समय बिताउने सल्लाह दिन्छन् । डा. रोबर्टको औषधि रिपोर्टमा प्रकृतिबाट हुने फाइदा उल्लेख गरिएको प्रेरणादायक सुझावहरु समावेश गरिएको हुन्छ ।



स्कटल्याण्डको सरकारी अस्पतालको श्रृंखला एनएचएस स्याटल्यान्डले अक्टोबरमा दस अस्पतालका डाक्टरलाई प्राकृतिक उपचारलाई पनि समावेश गरी नेचर प्रेस्क्रिप्शन लेख्न अनुमति दिएको थियो । 

अमेरिकामा पछिल्लो केही वर्षमा मानिसहरुको स्वास्थ्य सुधार्न घरभन्दा बाहिर निस्कन प्रेरित गर्ने संगठनको विस्तार भएको छ । नेशनल पार्क सर्विसको हेल्दी पाक्र्स, हेल्दी पिपुल प्रोग्राम पार्कले स्वास्थ्यका लागि खुल्ला र हरियाली स्थानहरु फाइदाजनक रहेको भन्दै पार्कमा डुल्न जनचेतना बढाइरहेका छन् । ४७ राज्यमा ‘वाक विथ अ डाक्टर’ नामक संस्था सक्रिय रहेको छ । यो संस्थाले डाक्टरको अगुवाइमा पैदन हिँड्न सर्वसाधारणलाई प्रेरित गर्छ । 



पार्क आरएक्स संस्थाले अमेरिकाको ३३ राज्यमा काम गरिरहेको छ । अमेरिकामा चिकित्सकहरुले कतिपय मानसिक रोगको खुल्ला मैदानमा उपचार गराउने समेत गर्दै आइरहेका छन् । प्राकृतिक उपचारबाट  मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा विभिन्न किसिमका फाइदाहरु पुग्ने देखिएको छ । जसमा रहेका फाइदाहरु यहाँ उल्लेख गरिएको छ । 

शारीरिक अभ्यास मानिसको स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण छ । घर बाहिर निस्कदा साइकिलिङ, पैदल हिँड्ने, घुम्ने, खेल्ने जस्ता गतिविधिहरु हुन्छन् ।

विभिन्न अध्ययनबाट हरियाली जंगल, पार्क, बगैँचामा घुम्दाडुल्दा रिलेक्सेशन हुने, सामाजिक मेलमिलाप, सहकार्य बढ्ने, मानसिक स्वास्थ्यमा सुधार, सकारात्मक भावनामा बृद्धि, विभिन्न दीर्घकालीन रोगहरुमा नियन्त्रण जस्ता फाइदाहरु हुने देखिएको छ । 
 
 
 

  • प्रकाशित मिति : कात्तिक २६, २०७५ साेमबार १३:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया