अब कामदार भिसामा पनि जापान जान पाइने

काठमाडौं- नेपालका लागि विद्यार्थी भिसा खुला रहेको जापानमा अब रोजगारीका लागि पनि बाटो खुलेको छ। जापानको ‘वल्ड एज केयर होम’ वुडल्यान्ड कम्पनीले केयर सेन्टरका लागि नेपाली कामदार लाने भएको हो ।

नेपालका लागि इम्पेरियल ओभरसिजले वुडल्यान्डको नेपाल शाखासँग सहकार्य गर्दै छ। जसको व्यवस्थापक लाक्पा शेर्पा भन्छन्, ‘यो अवसर खाडीमा वैदेशिक रोजगारका लागि जाने युवालाई राम्रो विकल्प हो ।’ उनका अनुसार जापानी भाषाको एन थ्री तह पास गर्नेहरूले श्रम स्वीकृति र हवाइ खर्च मात्र बेहोरेर जापान जान पाउनेछन् ।

केही महिनायता वुडल्यान्ड जापानिज स्कुलले जापानिज प्रशिक्षकद्वारा जापानी भाषा तथा केयरगिभरको ट्रेनिङ समेत दिँदै आएको छ। यसअघि चाबहिलमा रहेको स्कुलको आउँदो नोभेम्बर १६ तारिखदेखि सितापाइलमा पनि शाखा सञ्चालन हुँदै छ। लाक्पा शेर्पाका अनुसार नोभेम्बर १६ र १७ मा वुडल्यान्डका आधिकारिक व्यक्तित्वहरुले कामदार भिषाका लागि आवश्यक प्रक्रिया र केयर सेन्टरमा हुने कामहरु बारे जानकारी मुलक कक्षा सञ्चालन गर्नेछन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७५ साेमबार १४:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया