प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज (सोमबार) पनि प्रदर्शन सुरु गरेको छ । 

कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन गर्न थालेका हुन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । 

तर स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ ।  सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १०:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया