‘सत्यम’मा उपासनाको इन्ट्री, मलिका आउट

नेपाली कथानक चलचित्र ‘सत्यम’मा अभिनेत्री उपासना सिंह ठकुरीले इन्ट्री मारेकी छन् । उपासनाको ठाउँमा अर्की मोडल मलिका महतले अभिनय गर्ने पक्का भएको थियो । यो चलचित्रबाट मलिकाले हात झिकेसँगै उपासनाको इन्ट्री भएको हो ।

चलचित्रमा अभिनेता राजेश हमालले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् । उपासना यस चलचित्रमा अभिनेता पल शाहको जोडी कलाकारका रूपमा अभिनय गर्नेछिन् ।

चलचित्रको वर्कसपमा समेत सहभागी भएकी मलिकाले अध्ययनका कारण फिल्म छोडेको बताइएको छ । चलचित्र निर्माता रेशम सापकोटाले मलिकाले फिल्म छोड्नुको कारण प्रष्ट्याउँदै भने, ‘मलिका बिबिए अध्ययन गर्दैछिन् । चलचित्रको कार्यशाला चल्दासम्म उनको अनलाइन क्लास भइरहेको थियो । फिजिकल क्लास सुरु भएसँगै मलिकाले फिल्म छोडेकी हुन् ।’

मलिकालाई भन्दा पहिला सोही भूमिकाका लागि उपासनासँगै कुरा भएको थियो । तर त्यतिबेला उपासना अर्को फिल्ममा व्यस्त थिइन् । सोही कारणले ‘सत्यम’को अफर अस्विकार गरेकी थिइन्। अहिले खाली भएका बेला पुनः अफर पुगेपछि उपासना चलचित्रमा जोडिएकी हुन् ।

राजेश, पल र उपासनाका साथमा अनुप विक्रम शाही र अभय बरालले पनि यो चलचित्रमा शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् । यस चलचित्र मार्फत् चार वर्षपछि ठूलो पर्दामा फर्किन लागेका राजेश हमाललाई यो फिल्ममा फरक-फरक चार लुक्समा देख्न सकिने निर्माता सापकोटाले जानकारी दिए ।

चलचित्रमा अभिनेत्री निरुता सिंह पनि जोडिन सक्ने सम्भावना रहेको छ । निरुतासँग कुराकानी भइरहेको निर्माण टिमले जनाएको छ । निरुता फिल्ममा अनुबन्धित भएको खण्डमा उनी राजेशकी पत्नीकाे भूमिकामा देखिनेछिन् । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १३:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया