वकिल छल्दै अदालत छिरेका प्रधानन्यायाधीशले हेरे चार मुद्दा

कानुन व्यवसायीको अवरोध छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलासबाट चारवटा विवादमा सुनुवाइ गरेका छन् । 

नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै सर्वोच्चको मुल गेटमा धर्ना दिएपछि वैकल्पिक बाटो हुदै अदालत प्रवेश गरेका उनले सोमबार पनि १० वटा इजलास गठन गरी २९८ मुद्दाको पेसी तोकेका थिए । 

तर, असन्तुष्ट न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् । नेपाल बारले असन्तुष्ट न्यायाधीशहरूलाई जबराले तोकेको इजलासमा नबस्न आग्रह गर्दै पत्राचार गरे पनि न्यायाधीशहरूले भने जबराले तोकेको इजलासमा बन्दीप्रत्यक्षीकरणका रिटमा भने सुनुवाइ गरेका छन् । 

प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो इजलासमा पाँचवटा रिट सुनुवाइका लागि पेसी तोकेका थिए । तर, एउटा भने हेर्न नमिल्ने भएका कारण उनले सुनुवाइ गरेनन् । बाँकी विवादमा भने उनले कैफियत प्रतिवेदन माग्ने र मिसिल झिकाउने आदेश जारी गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १४:१६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया