जन्मदिनको पार्टीमा मदिरा पिएर झगडा, एक युवकको मृत्यु
सांकेतिक तस्बिर

दुई समूहबीच गएराति भएको झगडामा एकजनाको हत्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा युवाहरूबीच कुटाकुट हुँदा सुनसीको खनारमा डेरा गरेर बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको हो ।

जन्मदिनको पार्टीमा मदिरा पिएपछि दुई युवा समूहबीच विवाद भएको हो । बुढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङलगायतको समूहसँग दाहालको विवाद भएको थियो । 

विवादले उग्र रूप लिएपछि सातजनाको समूहले रिजनलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । खुकुरी प्रहारपछि गम्भीर घाइते भएका दाहालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनको टाउकोमा चोट लागेको थियो ।

घटना छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन् । लिम्बुको दाँया हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते लिम्बुको घरमा उनका भतिजको जन्मदिनको अवसरमा पार्टी आयोजना गरिएको थियो । उनको घरमा दाहाल पनि पुगेका थिए । प्रहरीका अनुसार दाहाल र थापा दुवै खनारस्थित रिलायन्स स्पीनिंस मिलमा कार्यरत थिए । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १५:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया