प्रधानन्यायाधीशको विज्ञप्तिपछि छलफलमा जुटे आन्दाेलनरत न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका असन्तुष्ट १८ जना न्यायाधीशहरूबीच छलफल सुरु भएको छ । 

राजीनामाको चर्को दबाब पर्दासमेत जबराले आफूलाई गैरकानुनी रूपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा अवधारणा बनाउन यी दुई निकाय छलफलमा जुटेका हुन् । 

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे र असन्तुष्ट १८ जना न्यायाधीश छलफलमा जुटेका छन् । 

सर्वोच्च बारका सचिव घिमिरेका अनुसार प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साझा धारणा बनाउन छलफल थालिएको हो ।  





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १५:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया